close

कटारी-मरुवा खण्डमा कालोपत्रे: २४ घन्टा नबित्दै उप्कियो 

कटारी-मरुवा खण्डमा कालोपत्रे: २४ घन्टा नबित्दै उप्कियो 

Trulli
ADVERTISEMENT

उदयपुर (कटारी)- उदयपुरको कटारी नगरपालिकाका वडा नम्बर ४ स्थित कटारी-मरुवा खण्डमा गरिएको कालोपत्रे २४ घन्टा पनि टिकेन ।रातारात कमसल सामग्री प्रयोग गरी गुणस्तरहीन काम गरेकाले सडक निर्माण नसकिँदै उप्किएको स्थानीयले गुनासो गरेका छन् । 

 

गत आइतबार राती गरिएकोकालोपत्रे २४ घन्टा नबित्दै सोमबारदेखि उप्किएपछि गुणस्तरहीन काम भएको देखिएको स्थानीय धीरेन्द्र कोइरालाले बताए ।

 

दिउँसो गरेको काम ठीकैजस्तो देखिएपनि रातीको गुणस्तरहीन रहेको पाइएको स्थानीय कृष्ण थापाले दाबी गरे । ‘राती गरिएको काममा धुलो नउडाइएको र प्राइमर पनि उडिसकेकाले गुणस्तरहीन काम भएको प्रस्टै छ’, थापाले भने, ‘धुलो राखेर अलकत्रा हालेपछि कालोपत्रे कामै नलाग्ने भएको हो ।’


वडा नम्बर ४ का वडाध्यक्ष तथा नगर प्रवक्ता कृष्णराज दनुवारले सडक कालोपत्रेका काममा डस्ट अर्थात् धुलो नउडाई अलकत्रा हालेपछि उप्किन थालेकाले सबै भत्काएर नयाँ बनाउन लगाइने बताए ।

 

धुलोमै अलकत्रा हालेछन् । प्राइमर पनि कम भएपछि सडक उप्किएको हो ।सबै गुणस्तरहीन काम भत्काएर नयाँ बनाउन लगाउँछौँ’, अध्यक्ष दनुवारले भने ।

 

प्रदेश १ सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत ३ करोड २४ लाख ६ हजार ५ सय ७४ रुपैयाँ लागतमा कालोपत्रेसुरु भएको थियो।प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत रौता सुसम आदित्य रेग्मी जेभीले काम सुरु गरेको उक्त कालोपत्रे २४ घन्टासमेत नटिकेको हो ।

 

६ चैत २०७६ मा सम्झौता गरेको ठेकेदार कम्पनीले ३२ सय मिटरमा कालोपत्रेको काम गरिरहेको छ ।


कटारी वडा नम्बर ४ को अस्पताल चोकदेखि ३२ सय मिटर सडक कालोपत्रे गर्ने ठेकेदारले काम थालेर बीचमा अलपत्र बनाएर छाडेपछि स्थानीयले धुलोबाट आजित भएको भन्दैसडक खण्डमा यातायात सञ्चालनमा अवरोध गर्दै आएका थिए।