close

कालोपत्रे सडकले बढायो सवारी दुर्घटना

कालोपत्रे सडकले बढायो सवारी दुर्घटना

Trulli
ADVERTISEMENT

चितवन(माडी)- चितवनको माडी नगरपालिकाका मुख्य र भित्री सडक कालोपत्रे हुँदै गएपछि पछिल्लो समय माडीमा सवारी दुर्घटना क्रम बढेको छ ।

 

इलाका प्रहरी कार्यालय माडीको तथ्यांकअनुसार गत ३ महिनायता १५ वटा ठूला सवारी दुर्घटनामा परी ५ जनाले ज्यान गुमाएका छन् भने १० जना गम्भीर घाइते भएका छन् ।

 

त्यस्तै, गत साउनदेखि हालसम्म सवारी दुर्घटनामा परी १० जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । मोटरसाइकल, अटो तथा अन्य सवारीसहित चालू आर्थिक वर्षमा मात्रै माडीमा ३० बढी दुर्घटना भएका छन् । 

 

माडी प्रहरीका अनुसार सबैभन्दा बढी दुर्घटना चालककै लापरवाहीले हुने गरेको छ । तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी गुडाउने, अनावश्यक ओभरटेक गर्ने, बिनालाइसेन्स सवारी चलाउने तथा हेलमेट नलगाई मोटरसाइकल चलाउनेलगायतका कारण सडक दुर्घटना बढेको हो । 

 

माडीमा बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन र चेकजाँचलाई कडाइका साथ लागू गरिएको इलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्माले बताए ।

 

माडीका मुख्य सडकमा सिसिटिभी, घुम्ती सडकमा कन्भेक्स मिरर, स्ट्रिट लाइट, सडक अवस्थाबारे जानकारी दिने संकेत तथा जानकारीमूलक होडिङबोर्ड आवश्यक देखिएको उनको भनाइ छ । 

 

सडक दुर्घटना न्यूनीकरणका लागि आवश्यक पूर्वाधार तथा बजेट उपलब्ध नहुँदा आन्तरिक स्रोत-साधन मात्रै दुर्घटना घटाउन नसकिएको प्रहरी बताउँछ ।