close

गुल्मीको पौदी अमराई स्वास्थ्य चौकी भवन शिलान्यास 

गुल्मीको पौदी अमराई स्वास्थ्य चौकी भवन शिलान्यास 

Trulli
ADVERTISEMENT

गुल्मी(मुसीकोट)- गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर १ पौदी अमराईस्थित पौदी अमराई स्वास्थ्य चौकी भवनको पूर्वमन्त्री तथा गुल्मी क्षेत्र २ का प्रतिनिधिसभा सदस्य गोकर्णराज विष्टले शिलान्यास गरे ।

 

बहुवर्षीय योजनाअनुसार भवन निर्माण १८ महिनाभित्र सम्पन्न हुनेछ । कुल लागत भ्याटबाहेक २ करोड ३९ लाख २३ हजार ७४३ रुपैयाँमा सम्पन्न हुने उक्त भवन इन्जिनियर टीका थापाले जानकारी दिए ।

 

हाल साँघुरो स्थानबाट सेवा दिँदै आएको स्वास्थ्य चौकीले भवन निर्माणपछि गुणस्तरीय सेवा प्रवाहमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


कार्यक्रममा पूर्वमन्त्री विष्टले प्राथमिक सेवा उपलब्ध गराउने गरी स्वास्थ सेवालाई स्तरोन्नति गर्नुपर्ने बताए ।  योजनाको दिगो र प्रभावकारी कार्यान्वयन गर्न स्थानीय जनप्रतिनिधि र जनता जागरुक हुनुपर्ने आवश्यकता उनले औँल्याए ।


‘पछिलो समय कोभिड-१९ का कारण केही असहज परिस्थिति सिर्जना भए पनि यसलाई सबै मिलेर पार लगाउनुपर्छ,’ विष्टले भने ।


कार्यक्रममा मुसीकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटा, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य, समाजसेवी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्वयंसेविकालगायतको उपस्थिति थियो ।


कार्यक्रममा स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष पूर्णबहादुर हितान मगरको अध्यक्षता, स्वास्थ्य चौकी प्रमुख प्रतिमा श्रेष्ठको स्वागत मन्तव्य र दीपक खरेलले सञ्चालन गरेका थिए ।