close

कटारी प्रवेशद्वारमा बुद्ध मूर्ति राखिँदै

कटारी प्रवेशद्वारमा बुद्ध मूर्ति राखिँदै

Trulli
ADVERTISEMENT

उदयपुर(कटारी)- उदयपुरको कटारी नगरपालिका वडा नम्बर ३ स्थित कटारी बजारको प्रवेशद्वारमा गौतम बुद्धको मूर्ति राखिने भएको छ । मदन भण्डारी राजमार्ग र सिद्धिचरण राजमार्ग जोडिएर छुट्टिने स्थानमा बुद्धको मूर्ति राखिने भएको हो ।


कटारी छोएर जाने मदन भण्डारी राजमार्गअन्तर्गत धरान-गाईघाट-हेटौंडाको सडक खण्ड र सिरहा, कटारी हुँदै ओखलढुंगा, सोलुखुम्बु जाने सिद्धिचरण राजमार्गको संगम स्थलमा ५ फिट अग्लो गौतम बुद्धको मूर्ति राखिने भएको हो ।

 

कटारीका नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले प्रदेश १ सरकारको समन्वयमा मूर्ति राख्ने प्रक्रिया अगाडि बढिसकेको बताए । ‘त्रिकोणात्मक स्थानमा कटारीलाई समेत चिनाउने गरी बुद्धको मूर्ति राख्ने तयारीमा छौँ’, नगर प्रमुख श्रेष्ठले भने, ‘प्रक्रिया अगाडि बढिसक्यो ।’