close

मौलाकालिका मन्दिरमा केबल कार सरर

मौलाकालिका मन्दिरमा केबल कार सरर

Trulli
ADVERTISEMENT

नवलपुर– नवलपुरको गैडाकोट वडा नम्बर १ मा अवस्थित देशकै प्रसिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिर दर्शन सहज बनाउन १ वर्षभित्रै केबल कार निर्माण हुने भएको छ । केबल कार निर्माणका लागि रूख कटानको काम सुरु भएको हो ।

 

मन्त्रिपरिषद्को निर्णयबाट रूख कटान अनुमति आएपछि फिल्डमा काम थालिएको छ । धार्मिक वन र मौलाकालिका सामुदायिक वन क्षेत्रका रूख कटान हुनेछन् ।

 

गैडाकोट नगरप्रमुख छत्रराज पौडेलले रूख कटानको औपचारिक सुरुआत गरेका हुन् । नगरप्रमुख पौडेलले जिल्लाकै गौरवको आयोजना केबल कार निर्माणलाई समयमै सम्पन्न गरेर नगरपालिकालाई देश–विदेशमा चिनाउन पहल हुने बताए ।

 

केबल कार निर्माणका लागि साना–ठूला गरी १०३८ वटा रूख काटिनेछन् । चन्द्रागिरि हिल्स र मनकामना केबल कार निर्माण गरेकै अस्ट्रेलियन कम्पनीले कन्स्ट्रक्सनको कामको जिम्मा पाइएको कार्यक्रममा जानकारी दिइयो ।
 

गैडाकोट वडा नम्बर १ धारापानीमा र मन्दिर नजिक रहेको हेलिप्याडमा गरी २ वटा स्टेसन बन्नेछन् । केबल कारको कुल लम्बाइ १२ सय मिटर रहनेछ ।
 

६ वटा टावर रहने केबल कारमा १२ वटा डब्बा हुनेछन् भने एउटा डब्बामा ८ जना अट्नेछन् । केबल कारको क्षमता दैनिक ६ हजार यात्रु बोक्न सक्ने रहने बताइएको छ । ५१ प्रतिशत कम्पनी र ४९ प्रतिशत स्थानीयको लगानी रहने गरी कुल २ अर्ब रुपैयाँ लागतमा केबल कार निर्माण हुनेछ ।