close

४२ वर्षमा छानो फेरियो, कहिले फेरिएला मानसिकता ? 

४२ वर्षमा छानो फेरियो, कहिले फेरिएला मानसिकता ? 

Trulli
ADVERTISEMENT

कालिकोट- स्थापना भएको ४२ वर्ष पछि कालिकोटको कारागारले विकासका नाममा बल्ल जस्तापाता पाएको छ । २०३६ सालमा स्थापना गरिएको जिल्ला कारागार कालिकोटमा ४२ वर्ष पछि पहिलो पटक छानो छाउँन नयाँ जस्तापाता आएको कार्यालयले जनाएको छ ।

 

मर्मतको अभावमा जीर्ण बनेको कारागारका लागि छानो फेर्न २२ बण्डल रंगिन जस्ता आएको कार्यालयका प्रमुख नरबहादुर सार्कीले बताए । वषौँ देखि चुइने छानोमा बस्न बाध्य जिल्ला कारागार कालिकोटका कैदीबन्दीहरु अव सुरक्षित अवस्थामा बस्ने पाउने भएको प्रमुख सार्कीले बताए । ‘खियाले प्वाल परेको पुरानो जस्तापाता हटाएर नयाँ लगाएपछि भिन्दै बस्नुपर्ने वाध्इता अन्त्य भएको छ,’ उनले भने । 

 

गत वर्षदेखि नगरपालिका, मुख्यमन्त्री महेन्द्रबहादुर शाही र अन्य सहयोगी निकायसँग जीर्ण भवनबारे पटक पटक जानकारी गराएपनि बजेट दिइउको थिएन । यसबीचमा मुख्यमन्त्रीले चार पटक कारागारको अनुगमन गरेपनि भवन निर्माणमा कुनै चासो देखाएनन् । 

 

छानो नयाँ भएपनि भवन भने चिरा परेर जुनसुकै वेला भत्किने अवस्थामा छ । खिया र प्वाल परेको जस्ता हटाएर कैदीबन्दीको भवनमा नयाँ जस्ताले छाउने काम सम्पन्न भएपनि भवन भने जुनसुकै बेला ढल्ने अवस्थामा भएको सार्की बताउँछन् । 

 

केदीबन्दी बस्ने भवनसँगै सुरक्षा निकाय बस्ने भवन पनि नयाँ जस्ताले छाउन सुरु गरेको उनको भनाइ छ । शहरी विकास कार्यालय जुम्लाले २२ बण्डल जस्ता दिएको हो ।

 

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी

कारागारमा क्षमता भन्दा ४ गुणावढी कैदीबन्दी छन् ।  मुस्किलले १५ जनासम्म अट्ने भवनमा ७५ जना राख्नु पर्दा कैदीबन्दीलाई खान बस्नै समस्या भएको कार्यालयका प्रमुख सार्कीले बताए ।

 

‘३ बालबालिका, ७ महिला र ७४ जना पुरुष कैदीबन्दी ठाउँ अभावले सधै झगडा मात्रै गरिरहन्छन्,’ सार्की भन्छन्,  ‘पटक पटक भवन निर्माणका लागी पहल गर्दा पनि मुख्यमन्त्रीले कुनै चासो देखाउनु भएन ।’