close

पुल बनेपछि बुद्धभूमि यात्रा सहज (भिडियो खबर)

पुल बनेपछि बुद्धभूमि यात्रा सहज (भिडियो खबर)

ADVERTISEMENT

कपिलवस्तु- स्थानीय सरकारले ठुला लगानीका योजनाका लागि प्रदेश र संघीय सरकारको मुख ताक्ने परिपाटी छ । प्राय स–साना योजना गर्न रूचाउने पालिकाहरु अहिले मेघा प्राजेक्टका लागि पनि तयार हुन लागेका छन् । अधिकांश मेघा प्रोजेक्टका लागि प्रदेश र संघीय सरकारको भर पर्दै आएका पालिकाहरु विस्तारै आफ्नै बजेटमा निर्माण गर्न हौसिएका छन् । यसको उदाहरण पस्किन कपिलवस्तुका पालिका सफल भएका छन् । 


मुलुकमा संघीयता आएसँगै ग्रामीण क्षेत्रको विकासमा स्थानीय सरकारको चासो बढेको छ । ग्रामीण भेगका जनताको जीवनस्तर उकास्नका लागि पालिकाले धेरै योजना सञ्चालन गर्दै आएका छन् । तर, ठूला पुर्वाधार विकासमा भने पालिकाले योजना सञ्चालन गर्न चासो देखाउँदैनन् ।

 

दशकौदेखि समस्या भोग्दै आएका जनताका लागि संघ र प्रदेशबाट योजना कार्यान्वयन नभएपछि पालिका आफैँ विकास गर्न अगाडी सरेका छन् । कपिलवस्तुका स्थानीय तहले ठूला योजना सम्पन्न गरेपछि स्थानीय हर्षित भएका छन् । 

 

संघ र प्रदेशमा मात्र आश्रित नभएर कपिलवस्तुका पालिकाले आफ्नै बजेटबाट ठूला लगानीका पुर्वाधार विकासका काम सम्पन्न गरेका हुन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिका, कृष्णनगर नगरपालिका र शुद्धोधन गाउँपालिकाले मेघा प्रोजेक्टका रूपमा मोटरेवल पुल निर्माण सम्पन्न गरेका छन् । लामो समय देखि संघ र प्रदेशको मुख ताक्दा नभएपछि तीन पालिकाले आफ्नो बहुवर्षीय योजना अन्तर्गत काम सम्पन्न गरेका हुन् । 

 

कपिलवस्तुको बुद्धभूमि नगरपालिका १० लोहरौला घोराई नालामा बनेको मोटरेवल पुलको त उद्घाटन नै गरिसकिएको छ । नगरपालिकाले पहिलो पटक ठूलो लगानीमा पुर्वाधार विकासमा लगानी गरी सदरमुकामलाई पालिका केन्द्र जोड्ने पुल निर्माण गरेको हो । कुल ३ करोड ४७ लाखको लागतमा २० दशमलव ५० मिटर लामो पुल निर्माण गरिएको छ । पालिकाको मेघा प्रोजेक्ट सम्पन्न भएसँगै अबका दिनमा थप योजना सञ्चालनमा ल्याउने सक्ने सामथ्र्य पालिका सँग रहेको देखिएको छ । 

 

पुलका कारण तरकारीको पकेट क्षेत्र बुद्धभूमि वडा नं ५ का कृषक लाभान्वित भएका छन् । पुल नहुँदा कृषक साइकलमा तरकारी बोकेर नाला तर्नुपर्ने बाध्यतामा थिए । पुलले सदरमुकाम तौलिहवा र पालिकाबीचकाे दूरी घटाएको छ भने स्थानीयलाई आवत जावत गर्न निकै सहज भएको छ ।