close

बाढीकाे विनास: बन्दाबन्दै भत्कियो पक्की पुल

बाढीकाे विनास: बन्दाबन्दै भत्कियो पक्की पुल

Trulli
ADVERTISEMENT

अछाम- अछाममा निर्माणाधीन अवस्थामा रहेको एउटा पुल भत्किएको छ । २ दिनदेखिको अविरल वर्षाले खोलाको वहाब बढेपछि सेती लोकमार्गमा पर्ने पक्की पुल भत्किएको हो । 

 

सेती लोकमार्गअन्तर्गत नेपालका ४ धाममध्येको एक वैद्यनाथ धामन जिकै पर्ने लुंग्रेलीगाडमा निर्माणाधीन पुल भत्किएको हो । 


लगातारको वर्षाले निर्माण कार्य सम्पन्न हुनै लागेको पुल भत्किएको स्थानीले बताए । २० चैत २०७७ मा सम्पन्न गर्ने गरी २१ असार २०७५ मा निर्माण कम्पनीले सम्झौता गरेको थियो । 

 

जिल्लास्थित स्वाँर कन्स्ट्रक्सन अछामले ४ करोड १६ लाख ७४ हजार ५ सय ७२ रुपैयाँ लागतमा पुल निर्माणको जिम्मा पाएको थियो ।  तर, समयमै पुल निर्माण हुन नसकी भत्किएको छ । 

 

निर्माण कम्पनीले भने जग्गा विवाद र कोरोना कहरका कारण समयमै पुल निर्माण गर्न नसकिएको जनाएको छ ।