close

शुक्रबारे बजारकाे याे बसपार्क (भिडियो खबर)

शुक्रबारे बजारकाे याे बसपार्क (भिडियो खबर)

ADVERTISEMENT

तेह्रथुम- तेह्रथुमको पश्चिमी क्षेत्रको मुख्य बजार हो, छथर शुक्रबारे बजार । बजार, छथर गाउँपालिका र छिमेकी जिल्ला धनकुटा लगायतका स्थानबाट सवारी साधान आवात जावत गर्ने एक मात्र केन्द्र हो । गाउँ गाउँमा सडक सञ्जाल जोडिएपछि यस क्षेत्रमा सवारी साधानको चाप बढ्दै गएको छ । सवारी साधनको चाप व्यवस्थित गर्न गाउँपालिकाले बसपार्क निर्माण गर्न सुरु गरेपछि समस्या टर्ने भएको छ । 


तेह्रथुमको मुख्य बजारलगायत व्यापारिक केन्द्रमा व्यवस्थित बसपार्क छैनन् । छथर गाउँपालिकाले भने शुक्रबारे बजारमा सवारी साधानको चाप बढेपछि व्यवस्थित बसपार्क बनाउन सुरु गरेको छ । यसअघि शुक्रबारे बजारको साँघुरो ठाउँमा सवारी साधन पार्किङ गर्नुपर्ने बाध्यता थियो ।

 

व्यापारिक केन्द्रमा व्यवस्थित बसपार्क नभएपछि गाउँपालिकाले बसपार्क निर्माण गर्न सुरु गरेको हो । गाउँपालिकाले आर्थिक बर्ष २०७७÷०७८ बाट बसपार्क निर्माणका लागी १५ लाख बजेट विनियोजन गरी काम सुरु गरेको हो । गाउँगाउँमा सडक सञ्जाल जोडिएपछि शुक्रबारे बजारमा पछिल्लो समय सवारी साधनको चाप बढ्दो छ ।

 

बजारमा बसपार्क बन्ने भएपछि स्थानीय र सवारी चालक पनि उत्साहित भएका छन् । नागरिकको समस्या समाधानका लागी विगतका वर्ष गाउँपालिकाले बसपार्क बनाउन प्रयास नगरेको होइन तर उपर्युक्त स्थानमा जग्गा नै पाएको थिएन । यो अवस्थालाई मध्यनजर गर्दै पालिकाले जग्गा छनोट गरेर अहिले बसपार्क सम्याउने काम सुरु गरेको छ । आगामी वर्ष डिपीआर तयारी गरि पालिकाले बसपार्क अझ व्यबस्थीत गर्ने जनाएको छ ।

 

छथर गाउापलिकाको केन्द्र शुक्रबारे बजारमा विराटनगर र धरानबाट दैनिक बस सञ्चालन हुँदै आएका छन । स्थानीय सरकारले निर्माण सुरु गरेको बसपार्कलाई व्यवस्थित बनाउन सके सवारी साधान पार्किङ गर्न सहजमात्र नभई दुर्घटनाको जोखिम समेत कमी हुने थियो ।