close

कावासोतीको नयाँ भवन, देवचुलीमा बन्यो वडा कार्यालय 

कावासोतीको नयाँ भवन, देवचुलीमा बन्यो वडा कार्यालय 

Trulli
ADVERTISEMENT

नवलपुर- पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं ११ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । वडा भवनको गत बर्ष उद्घाटन गर्ने भनिए तापनि कोरोना भाईरसका कारणले उद्घाटन गर्न नसकेपछि प्रशासनिक सेवा भने दिइदै आएको थियो ।


देवचुली नगरपालिका वडा नं ११ का वडाध्यक्ष रमेश बहादुर ठाडा मगरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगरप्रमुख पूर्णकुमार श्रेष्ठले  वडा कार्यालयको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै श्रेष्ठले जनप्रतिनिधि भनेका वडाबासीका सुख दुःखका साथी भएकाले आफूहरु सधैं वडावासीको हकहितका लागि काम गर्ने बताए ।


यस्तै नगर उपप्रमुख पार्वता तिवारीले अब वडा–वडामा वडा कार्यालय हुँदा वडावासीलाई सहज हुने र टाढा जाने बाध्यताको अन्त्य हुने बताईन् । देवचुली नगरपालिका सुन्दर नगरपालिका रहेको बताउँदै यसलाई अझै सुन्दर बनाउन आफू लगायत सम्पूर्ण जनप्रतिनिधि आ–आफ्नो क्षेत्रबाट लागि परेको तिवारीले बताइन् ।

 

कार्यक्रममा वडा कार्यालय निर्माणमा योगदान गर्ने दाताहरुलाईसम्मान गरिएको थियो । देवचुलीमा अहिलेसम्म १४ वडा कार्यालय आफ्नै भवनमा स्थानान्तरण भएका छन् । बाँकी कार्यालय पनि यसै बर्ष निर्माण हुने बताइएको छ ।  

 

कावासोती नगरपालिकामा बन्यो १२ करोडको प्रशासनिक भवन
 
पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको १२ करोड बढी लगानीमा निर्माण भएको नगरपालिकाको प्रशासनिक भवनको शुक्रबार उद्घाटन गरिएको छ । भवनको नगरप्रमुख चन्द्राकुमारी पुनले उद्घाटन गरेका हुन् । नयाँ प्रशासनिक भवनबाट शुक्रबारदेखि नै काम सुरु गरिएको छ ।


प्रशासनिक भवन उद्घाटन कार्यक्रममा नगर प्रमुख चन्द्रकुमारी पुन, नगरउपप्रमुख प्रेमशंकर मर्दनिया, प्रमुख प्रशासकीय अधिकृत रमेश घर्ती लगायतले प्रशासनिक भवनको बारेमा चर्चा गरेका थिए ।


एउटै भवनमा कावासोती नगरपालिकाको सबै शाखाहरु समेत राखिएपछि कावासोती नगरपालिकाका सम्पूर्ण शाखाका काम अहिले एउटै भवनबाट भएको छ । उक्त भवन १२ करोड ८ लाखमा निर्माण सम्पन्न भएको हो । ५ तल भवन निर्माण गरिने भए पनि अहिले ३ तले भवन मात्र निर्माण भएको छ ।