close

सञ्चार सुविधाले जोडिँदै हिमालीका गाउँबस्ती

सञ्चार सुविधाले जोडिँदै हिमालीका गाउँबस्ती

Trulli
ADVERTISEMENT

बाजुरा–बाजुराको हिमाली गाउँपालिकाभित्रका बस्तीलाई सञ्चार तथा इन्टरनेटको पहुँचमा लैजाने अभियान सुरु भएको छ । फोन सेवाको पहुँचबाट टाढा रहेको गाउँपालिकामा पछिल्लो समय पालिकाभित्रका बस्तीलाई टेलिफोनसहित इन्टरनेट सेवाको पहुँचमा ल्याउन थालिएको हो ।

 

केही दिनअघि पालिकामा टेलिकमको थ्रिजी इन्टरनेटसहित टेलिफोन सेवा सञ्चालनमा आएको छ । गाउँपालिका केन्द्र नजिकै टावर निर्माण गरी सेवा सञ्चालनमा ल्याइएको हो । उक्त टावर सञ्चालनमा आएपछि गाउँपालिका आसपासका बस्ती टेलिफोन र इन्टरनेटको सुविधासँग जोडिएका छन् ।

 

गाउँपालिकाले बिच्छ्या क्षेत्रका बस्तीलाई टेलिफोन सेवासहित इन्टरनेटको पहुँमा जोड्ने अभियान अगाडि बढाएको पालिकाका प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए ।

 

बिच्छ्या क्षेत्रमा टेलिफोन तथा इन्टरनेट जोड्न कवाडी आसपासका बस्ती र पाडीको बस्तीलाई सञ्चारको पहुँचमा लैजान टेलिकमका निर्देशक गोविन्द धामी र निर्मल चटौतसँग छलफल भएको उनले जानकारी दिए ।

 

फैतीको बस्तीमा हाल सञ्चालनमा रहेको टावरबाट तार तानेर थ्रिजी इन्टरनेट सेवासँग जोड्न टेलिकमसँग समन्वय गरिएको उनको भनाइ छ । हिमाली गाउँपालिका जिल्लाकै सर्वाधिक विकट र दुर्गम पालिका हो । यहाँका स्थानीयले सञ्चार सेवाको पहुँच बाहिरै थिए । स्थानीयलाई सञ्चारको सहज सुविधा दिलाउने गरी काम भइरहेको पालिका अध्यक्ष गोविन्दबहादुर मल्लले जानकारी दिए ।