close

फेरी सञ्चालनमा आएपछि सडक सन्जालमा जोडियो स्वामिकार्तिक खापर

फेरी सञ्चालनमा आएपछि सडक सन्जालमा जोडियो स्वामिकार्तिक खापर

Trulli
ADVERTISEMENT

बाजुरा–बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । कर्णालीपारि रहेको गाउँपालिका सोमबार फेरी सञ्चालनमा आएसँगै सडक सन्जालमा जोडिएको हो । पालिका अध्यक्ष चिरञ्जीवी शाहीले फेरी उद्घाटन गरे ।


स्वामीकार्तिक खापर गाउँपालिकाको १ करोड ७१ लाख र सुदूरपश्चिम प्रदेश सरकारको १५ लाख लागत रुपैयाँमा फेरी निर्माण गरी सञ्चालनमा ल्याइएको गाउँपालिकाका नासु कुमेरबहादुर शाहीले जानकारी दिए ।

 

सडक सञ्जालमा नजोडिएको गाउँपालिकालाई यातायातको पहुँचमा लैजान कर्णाली नदीमा फेरी निर्माण गरिएको उनको भनाइ छ । पालिकाको वडा नम्बर ४ वाई सुइजिउला र जगन्नाथ गाउँपालिका वडा नम्बर १ पिलुचौरको बीचमा रहेको कर्णाली नदीमा फेरी निर्माण कार्य सम्पन्न गरी पालिकामा गाडी आउजाउ सहज भएको छ ।

 

सुन्नदा मष्टेश्वरी निर्माण सेवासँग सम्झौता भई काम सम्पन्न भएसँगै पालिकाका वडा–वडामा गाडी पुग्न थालेका छन् ।गाउँपालिकामा गाडी गुड्न थालेसँगै स्थानीयका उत्पादनले बजार पाउने र तीन–चार दिन लगाएर सदरमुकाम जानुपर्ने बाध्यता अन्त्य भएको छ ।

 

कार्यक्रममा पालिका उपाध्यक्ष मिमा बुढा, निमित्त प्रमुख प्रशासकीय अधिकृत पारसबहादुर शाही, ५ वटै वडाका वडाध्यक्ष, कार्यपालिका र वडा सदस्य, कर्मचारीलगायतको सहभागिता थियो । 

 

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहीले गाउँपालिकामा दुई वटा गाडी तारेर पिलुचौरदेखि वडा नम्बर १ हुँदै वडा नम्बर २ को राफाडाँडा कालीकोट सिमाना, पिलुचौरदेखि जुकोट, जेरालगायत ठाउँमा गाडी पुगेको जानकारी दिए ।