close

समयमा संघका योजना सम्पन्न नहुँदा मेयरले गाली खानुपर्छ : नगरप्रमुख यादव

समयमा संघका योजना सम्पन्न नहुँदा मेयरले गाली खानुपर्छ : नगरप्रमुख यादव

Trulli
ADVERTISEMENT

काठमाडौं । गाेडैटा नगरपालिकाका मेयर देवेन्द्र कुमार यादवले स्थानीय तहभित्र रहेका संघीय सरकारले गर्नुपर्ने काम समयमा नगर्दा आफूले गाली खानुपरेको बताएका छन् । 

नेपाल सरकारले टेन्डर लगाएको सडक सात वर्षसम्म एक इन्च पनि पिच नहुँदा स्थानीयले समस्या भोग्न बाध्य भएको उनले बताए । 

‘टेन्डर कसलाई परेको छ÷छैन । ठेकेदारसँग इस्टिमेट माग्दा मेयरले काम रोक्यो भन्छन्,’ उनी भन्छन्, ‘द्रूत गतिमा काम भइरहेको हुलाकी मार्गको पनि ट्यांकर पड्किएर काम रोकिएको छ । सर्सत बजेट बढेर आए पनि आवश्यक ठाउँमा प्रयोग गर्न पाइएको छैन ।’

स्थानीय तहको आवश्यकताअनुसार भन्दा पनि संघ र प्रदेशको इच्छाअनुसार बजेट छुट्टिने गरेको उनको आरोप छ ।

जनताले विकास चाहेको र जनताबाट दोस्रोपटक निर्वाचित हुँदा पहिलो कार्यकालमा विकास गर्न सफल भएको प्रमाणित गरेको उनको दाबी छ ।