close

भोकमरीबाट सुडानमा ५०० बालबालिकाको मृत्यु

भोकमरीबाट सुडानमा ५०० बालबालिकाको मृत्यु

Trulli
ADVERTISEMENT

सुडानमा अप्रिलमा सुरु भएको द्वन्द्वपछि भोकमरीका कारण झण्डै ५०० बालबालिकाको मृत्यु भएको छ । 

सेभ द चिल्ड्रेनका अनुसार अहिले पनि कम्तीमा ३२ हजार बालबालिका कुपोषण र सम्बन्धित रोगहरूको उपचारबाट बञ्चित छन् ।

संयुक्त राष्ट्र मानव अधिकार कार्यालयका प्रवक्ता लिज थ्रोसेलका अनुसार सुडानमा भएको हिंसामा कम्तीमा ४ हजार मानिसको मृत्यु भएको अनुमान गरिएको छ । 

संयुक्त राष्ट्रसङ्घीय आप्रवासन एजेन्सीका अनुसार ४४ लाखभन्दा बढी मानिस आफ्नो घरबार छोडेर सुडानका सुरक्षित क्षेत्र वा छिमेकी मुलुकतर्फ भाग्न बाध्य भएका छन् ।