close

भगिनी सम्बन्ध मजबुत बनाउन सिन्चउका जनप्रतिनिधि लुम्बिनी साँस्कृतिकमा

भगिनी सम्बन्ध मजबुत बनाउन सिन्चउका जनप्रतिनिधि लुम्बिनी साँस्कृतिकमा

Trulli
ADVERTISEMENT

रुपन्देही– लुम्बिनी साँस्कृतिक नगरपालिकाले चीनका स्थानीय सरकार टोलीलाई भव्य स्वागत गरेको छ।

नगरपालिकाका प्रमुख सजरुद्धीन मुसलमान, उपप्रमुख कल्पना हरिजनलगायत जनप्रतिनिधि तथा कर्मचारीहरुले चीनको सान्क्सी प्रदेशको सिन्चउ नगरका वु थाई सान कन्ट्री प्रमुख ज्या वन चु, सिन्चउ नगर जनसरोकारका परराष्ट्र मामिला कार्यालयका निर्देशक लि सियुन, कल्ट्री मागीस्ट्रट जिया वईन्चु लगायतका टिमलाई भव्य स्वागत तथा अभिनन्दन गरेका हुन् । 

सो कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका प्रमुख सजरुद्धीन मुसलमानले सिन्चउ नगरसंगको सम्बन्धलाई नयाँ स्वरुप दिन तयार भएको बताए।लुम्बिनी क्षेत्र भगवान गौतम बुद्धको पवित्र स्थल भएका कारण यस क्षेत्रको विकासमा सिन्चउ नगरसंगको भगिनी सम्बन्धलाई थप मजबुत बनाउन चाहेको कुरा समेत नगरप्रमुख मुसलमानले दर्साए ।

यस्तै, लुम्बिनी साँस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजनले सिन्चउ नगरका प्रतिनिधीहरुलाई स्वागत गर्न पाउदा हर्षित भएको बताइन् । लुम्बिनी बुद्धत्वसंग जोडिएकोले पर्यटन विकासमा चीन सरकारसंगै सहकार्य गर्न आफुहरु तत्पर रहेको उनले बताइन् । 

कार्यक्रम सिन्चउ नगरका उपमेयर लि सियले नेपाल र चीनको पारस्पारिक सम्बन्धलाई थप बलियो बनाउन चाहेको कुरा बताईन् । नेपालको कृषि, पर्यटन, स्वास्थ्य, धार्मिकजस्ता महत्वपुर्ण क्षेत्रसंग चीनको रहनसहन मिल्ने बताउँदै लुम्बिनी साँस्कृतिकको विकासमा सहकार्य र समन्वय गर्न तत्पर गरेको उल्लेख गरिन् । लुम्बिनी साँस्कृतिक नगरपालिकाले गरेको स्वागत तथा सम्मानप्रति प्रसन्न हुँदै धन्यवाद समेत उनले ज्ञापन गरिन् । 

स्वागत तथा सम्मान कार्यक्रममा वडा न. १ का वडाअध्यक्ष सुरज कुमार कलवार, वडा न. २ का वडाअध्यक्ष ईनामुल्लाह फकिर, वडा न. ३ विनोद श्रीवास्तव, वडा न.५ का खर्शेद आलम, वडा न.६ का नाईमुलहक मुसलमान लगायतको आतिथ्यता तथा नगरपालिकाका लेखा अधिकृत रामचन्द्र अर्यालको सञ्चालनमा भएको हो ।