close

यस्तो छ मेयर काउन्डाले ‘वायु’लाई लेखेको चिठी

यस्तो छ मेयर काउन्डाले ‘वायु’लाई लेखेको चिठी

Trulli
ADVERTISEMENT

स्वच्छ हावामा सास फेर्नु मानव अधिकार हो । अफ्रिकी सहरको मेयरको रूपमा मेरो पहिलो प्राथमिकतामा बासिन्दाहरूलाई वायु प्रदूषणको असर जोगाउनु हो । वायु प्रदूषण र जलवायु सङ्कट घनिष्ठ छन्; दुवैले हाम्रो स्वास्थ्यलाई हानी पुर्‍याउने र ग्लोबल वार्मिङका कारण पृथ्वीको ताप बढाउने गर्छ । प्रदूषण नियन्त्रणका लागि तत्काल र सामूहिक प्रयास आवश्यक छ । 

मेरो पहिलो प्राथमिकता स्थानीयलाई वायु प्रदूषणको असरबाट जोगाउनु हो । वायु प्रदूषण र जलवायु संकटले मानवीय क्षतिसँगै जैविक विविधतामा ठूलो असर गरिरहेको छ । त्यसैले न्यूनीकरणका लागि सामूहिक प्रयास गर्नु अहिलेको आवश्यकता हो । वायु प्रदूषणको रूपमा फैलिने धुवा जन्य साना कण, औद्योगिक इन्धन, खानी, सवारी साधनको हानिकारक धुवाँ, सुर्तीजन्य धुवाँले पछिल्लो समयमा जलवायु परिवर्तनमा नकारात्मक प्रभाव गरिरहेको छ । साथै यसको न्यूनीकरण अपरिहार्य छ । दरबन नगरपालिकाले वातावरणीय प्रदूषणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ भने त्यही अनुसार बजेटको व्यवस्था गरेको छ । 

वायु प्रदूषणबाट हुने हानीको अत्यधिक असरका कारण अफ्रिकाको अवस्था विगत एक दशकमा बिग्रिएको र बेवास्ताले गर्दा धेरैको ज्यान गइसकेको छ । पछिल्लो समय दरबन सहरले खराब हावा र जलवायु जोखिमको दोहोरो बोझको सामना गरिरहेको छ । प्रदूषित हावाका कारण बालबालिका, वृद्धहरू र कमजोर स्वास्थ्य भएका मानिसहरू सबैभन्दा धेरै मारमा परेका छन् । 

सहरले तथ्याङ्कको आधारमा हावाको गुणस्तर व्यवस्थापन गरेर न्यूनीकरणमा भूमिका खेलिरहेको छ । निगरानी स्टेसनहरूको नेटवर्क मार्फत हावाको गुणस्तरको निगरानी र विश्लेषण भइरहेका छन् । जसले गर्दा प्रदूषणको वास्तविक डेटा प्राप्त भइरहेका छन् । त्यसको विश्लेषण गरी न्यूनीकरणका लागि वैज्ञानिक आधार हुन्छ भन्ने मैले विश्वास लिएको छु । वायु प्रदूषण नियन्त्रण गर्न उद्योग, सवारी साधन र अन्य प्रदूषण स्रोतहरूको लागि उत्सर्जनका स्रोतहरू बलियो र लागू गर्न आवश्यक छ।

सबैका लागि स्वच्छ र स्वस्थ हावाका साथै सबै निकायबिच साझेदारी हुन आवश्यक छ । साझेदारी र समन्वयकारी कार्यले वायु प्रदूषणको न्यूनीकरण सम्भव हुन्छ । यो प्रदूषणबाट प्रत्येक वर्ष ७ मिलियन मानिसको ज्यान जाने गरेको छ । दक्षिण अफ्रिकी सहरहरूको ऐतिहासिक सहरी योजना र पृथकीकरण विरासतको अर्थ कम आय भएका समुदायहरू र ठूला उद्योगहरू नजिकका क्षेत्रहरूमा अस्वस्थ वायु प्रदूषणको असार उच्च हुन्छ । 

हामीले हाम्रो वायु प्रदूषण समस्यालाई अझ राम्ररी बुझ्न, वायु प्रदूषण नियन्त्रण गर्ने तरिकाहरू खोज्न, फोहोर हावाको जोखिमबाट मानिसहरूलाई जोगाउन, स्वास्थ्य प्रभावहरूको मूल्याङ्कन गर्न र हाम्रो स्थानीय अर्थतन्त्र, भूगोल, जनसांख्यिकीलाई कसरी असर गर्छ भनेर तथ्यांक विश्लेषण गरी न्यूनीकरणका लागि कदम चाल्नै पर्छ । 

एयर क्वालिटीका लागि सि ४० को पहिलो अफ्रिकी मेयर च्याम्पियन भएकोमा म गौरवान्वित छु । हामीले स्वच्छ हावा लिन पाउनुपर्छ  । जसका लागि सम्बन्धित निकायबीच सहकार्य गरेर अघि बढ्नको विकल्प छैन । सबैसँग आव्हान गर्दछु । 

- उनी दक्षिण अफ्रिकाको दरबान नगरपालिकाका मेयर मक्सोलिसी काउन्डा हुन्