close

अमेरिकामा अन्धाधुन्ध गोली चल्दा २२ जनाको मृत्यु

अमेरिकामा अन्धाधुन्ध गोली चल्दा २२ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

अमेरिकाको लेविस्टन शहरमा बुधबार राति भएको सामूहिक गोलीकाण्डमा २२ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् ।

मिडिया रिपोर्टका अनुसार घटनापछि संदिग्ध आक्रमणकारी फरार छन्, जसको खोजी भइरहेको छ । सुरक्षा अधिकारीहरूले फेसबुकमा राइफलसहित संदिग्ध आक्रमणकारीको दुई तस्बिरहरू साझा गरे र संदिग्धको पहिचान गर्न जनताको सहयोग मागेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई घटनाबारे राज्यका गभर्नर र सांसदहरुसँग कुराकानी गरेका छन् । यो गत वर्ष मे २०२२ यताकै सबैभन्दा घातक सामूहिक गोलीबारी हो । गत वर्ष मे महिनामा टेक्सासको एक विद्यालयमा गोली चल्दा दुई शिक्षकसहित १९ बालबालिकाको मृत्यु भएको थियो ।