close

भूकम्प पीडितको उद्धार र राहतमा सहयोग गर्न भारत तयार : मोदी

भूकम्प पीडितको उद्धार र राहतमा सहयोग गर्न भारत तयार : मोदी

Trulli
ADVERTISEMENT

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएको भूकम्पबाट भएको क्षतिप्रति दु:ख व्यक्त गरेका छन् । ट्वीटरमा मोदीले सन्देश लेख्दै भारतले सहयोग गर्ने बताएका छन् । 

‘नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख लागेको छ । भारत नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको छ र सबै सम्भव सहयोग गर्न तयार छ,’ मोदीले लेखेका छन् ।

शुक्रबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण अहिलेसम्म १२८ जनाको मृत्यु भएको छ । भूकम्पमा परेर जाजरकोट र रुकुम पश्चिममा अहिलेसम्म १२८ जनाको ज्यान गएको पुष्टि भएको छ ।