close

जम्मु-कश्मिरमा बस दुर्घटना हुँदा ३९ यात्रुको मृत्यु

जम्मु-कश्मिरमा बस दुर्घटना हुँदा ३९ यात्रुको मृत्यु

Trulli
ADVERTISEMENT

भारत- जम्मु-कश्मिरमा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । दुर्घटनामा परी १७ जना घाइते भएका छन् ।

घुम्तीमा बस नमोडिँदा बस दुर्घटना भएको सरकारी अधिकारीले बताएका छन् । यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री राहत कोषबाट मृतक परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरुलाई ५० हजार राहत रकम सहयोग गर्ने घोषणा गरेका छन् ।