close

हमासमा युद्धविराम थप हुँदा दैनिक १० बन्दी रिहा हुने

हमासमा युद्धविराम थप हुँदा दैनिक १० बन्दी रिहा हुने

Trulli
ADVERTISEMENT

काठमाडौं- इजरायल र प्यालेस्टिनी समूह हमासबीच चारदिने युद्धविराम गर्ने सहमति भएको छ । 

हमासको नियन्त्रणमा रहेका इजरायली बन्दीहरूको रिहाइका लागि चार दिन युद्धविराम गर्ने सम्झौता आज इजरायली मन्त्रिपरिषद्ले स्वीकार गरेको हो ।

इजरायलका अनुसार हमासको नियन्त्रणमा रहेका ५० जना महिला र बालबालिका रिहा हुनेछन् । चार दिनको युद्धविरामपछि थप अर्को दिन युद्ध रोक्न १० बन्दी रिहा गर्नुपर्ने शर्त इजरायलले राखेको छ।

इजरायल र हमासबीच कतारको मध्यस्थतामा इजिप्ट र अमेरिका समेतको पहलमा शान्तिवार्ता भएको थियो । चारदिने युद्धविराम कार्यान्वयनको निर्णय २४ घण्टाभित्र गरिसक्ने कतारले जनाएको छ ।