close

सोमबार राति गएको भूकम्पमा परी चीनमा १०० भन्दा बढीको मृत्यु

सोमबार राति गएको भूकम्पमा परी चीनमा १०० भन्दा बढीको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं- सोमबार चीनको ग्यान्सु प्रान्तमा भूकम्प जाँदा १०० भन्दा बढीको मृत्यु भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

६.२ म्याग्नेच्युडको भूकम्पले विद्युत्, खानेपानी र सडक संरचनाहरू भत्काएको र नजिकका अरू प्रान्तमा पनि धेरै मानिसहरूको मृत्यु भएको छ।

भूकम्पमा परेकाहरूकफ उद्धार जारी रहेको हुँदा मृत्यु हुनेहरूको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।