close

कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

Trulli
ADVERTISEMENT


बर्दिया - बारबर्दिया नगरापालिका-३ का ३० वर्षीय वडाध्यक्ष सूर्यबहादुर थारुको कोरोना संक्रमणका कारण निधन भएको छ ।

  

कोरोना संक्रमण देखिएपछि वडाध्यक्ष थारु गत भदौ २९ गतेदेखि भेरी अस्पताल नेपालगंजमा उपचारारत् थिए । उनको आइशियु कक्षमा उपचार भइरहेको थियो । 

 

उपचारकै क्रममा बुधबार दिउसो उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ । कोरोना महामारी फैलिएयता वडाध्यक्ष थारु पालिकामा कोरोना सचेतनाका लागि नगरमा खटिएका थिए । 


वडाध्यक्ष थारुको अन्तिम संस्कार उनकै गृह गाउँमा पारिवारिक संस्कार अनुसार गरिने बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारुले जानकारी दिए ।