close

प्रादेशिक अस्पतालमा भेन्टिलेटर नहुँदा कोरोना संक्रमित मेयरलाई काठमाडौँ लगियो

प्रादेशिक अस्पतालमा भेन्टिलेटर नहुँदा कोरोना संक्रमित मेयरलाई काठमाडौँ लगियो

Trulli
ADVERTISEMENT

सप्तरी - जनकपुरमा रहेको प्रादेशिक अस्पतालमा कोभिड १९ विशेष  भेन्टिलेटर नहुँदा  सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख शैलेशकुमार साहलाई उपचारकालागि काठमाडौं लगिएको छ  ।

 

नगरप्रमुख साहलाई कोरोनाका कारण निमोनियाको लक्षण देखिएको र भेन्टिलेटरमा राख्नुपर्ने आवश्यकता देखिएकाले थप उपचारका लागि काठमाडौंस्थित ह्याम्स अस्पताल रेफर गरिएको प्रादेशिक अस्पतालका  फोकल पर्सन डा. रामदेव चौधरीले पालिका खबरलाई जानकारी दिए ।