close

राजगढ गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण

राजगढ गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण

Trulli
ADVERTISEMENT

सप्तरी - सप्तरीको राजगढ गाउँपालिका अध्यक्ष परमानन्द यादवसहित उनका ४ परिवारलाई कोरोना संक्रमण पुष्टि भएको छ । परिवारसँगै गाउँपालिकाको कृषि शाखाका संयोजक र अध्यक्षका गाडी चालकसमेत संक्रमित भएका छन् ।


स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवका अनुसार २ दिनअघि १६ जनाको स्वाब परीक्षण गराएकामा अध्यक्षसहित उनका जेठा छोरा र २ नाति संक्रमित भएका हुन् ।


यस्तै, संक्रमित हुनेमा कृषि शाखाका संयोजक राजविराज नगरपालिका–७ का ५७ वर्षीय र ट्याक्टर चालक राजगढ गाउँपालिका–३ का ४० वर्षीय रहेका छन् ।


सप्तरीमा संक्रमित हुनेको संख्या १ हजार ३ सय १७ पुगेको छ । २ महिलासहित १८ जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म १ हजार ६२ जना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ ।