close

यस्तो देखियो अध्यक्ष र उपाध्यक्षको वैवाहिक समारोह (भिडियोसहित)

यस्तो देखियो अध्यक्ष र उपाध्यक्षको वैवाहिक समारोह (भिडियोसहित)

ADVERTISEMENT

पोखरा - हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका उपाध्यक्ष र कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्षले शुक्रबार पोखरामा लगनगाँठो कसेका छन् । 

 

घरपझोङ-४ जोमसोम निवासी उपाध्यक्ष शर्मिला गुरुङ र माछापुच्छ्रे गाउपालिका-१  टुसे निवासी अध्यक्ष कर्णबहादुर गुरुङको धार्मिक परम्परा अनुसार पोखराको हेम्जा तिब्बतियन क्याम्पको गुम्बामा विवाह सम्पन्न भएको हो ।


उनीहरुलाई युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसहित संघीय र प्रदेश सांस्द, स्थानीय जनप्रतिनिधिसहित नेकपाका नेता कार्यकर्ताले शुभकामना दिएका छन् । 

 

बैवाहिक बन्धनमा बाँधिएका दुवैजना तत्कालीन एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । 

 

अध्यक्ष गुरुङले  मागी विवाह भएको बताए । लामो समयदेखि आपसी चिनजानमा रहेका यी दुई जनप्रतिनिधि लाई नजिक भने अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन  समितिले बनायो । समितिमा बसेर कामगर्दागर्दै आत्मियता बढेको उनीहरु बताउँछन् ।  

 

मुस्ताङ घरपझोङकी उपाध्यक्ष पूर्वपत्रकार, शिक्षिका  र विभिन्न सरकारी तथा गैरसरकारी सस्थामा आवद्द थिइन् । 

 

उनीहरुको बैवाहिक समारोह यस्तो देखियो