close

दंगीशरण गाउँपाालिका- ३ का वडाध्यक्ष चौधरीको निधन

दंगीशरण गाउँपाालिका- ३ का वडाध्यक्ष चौधरीको निधन

Trulli
ADVERTISEMENT

दाङ- दाङको दंगीशरण गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको निधन भएको छ ।

 

कोरोना संक्रमणका कारण कोहलपुर मेडिकल कलेजमा केही दिनदेखि सघन उपचार गराइरहेका वडाध्यक्ष चौधरीको सोमबार मृत्यु भएको हो ।

 

दंगीशरण गाउँपालिका वडा नम्बर ३ चखौराका ६३ वर्षीय चौधरी स्थानीय निर्वाचनमा कांग्रेसका तर्फबाट अध्यक्षमा निर्वाचित भएका थिए । 

 

स्थानीय स्तरमा लोकप्रिय रहेका चौधरी बेस नेपालका केन्द्रीय सदस्यसमेत हुन् ।


वडा सदस्यको मृत्यु

यसैगरी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ का वडा सदस्यको पनि कोरोनाका कारण आइतबार राती निधन भएको छ ।


होम आइसोलेसनमा रहेका वडा सदस्य केशरलाल चौधरीको निधन भएको हो ।