close

मेयर साहद्वारा कटान प्रभावित स्थानहरुको निरिक्षण

मेयर साहद्वारा कटान प्रभावित स्थानहरुको निरिक्षण

Trulli
ADVERTISEMENT

रौतहट- गौर नगरपालिकाका मेयर शम्भु साहले वडा नं ४ स्थित लालबकैया खोलाको बाढीबाट भइरहेको कटान प्रभावित स्थानहरुको  निरिक्षण गरेका छन् । 

केहि दिन अगाडि सोबर्नामाई मन्दिर अगाडि लालबकैया नदिले आफ्नो धार परिवर्तन गरि टिकुलिया गाउँतर्फ  अत्याधिक कटान गर्न थालेपछि मानवबस्ती र स्थानीयको खेत बाली नाली रक्षाका लागि मेयर साहले उक्त स्थानमा बास पाईलिङ्ग सहित स्पर बनाउने कामको थालनी गर्न निर्देशन दिएका थिए । 

उक्त स्थानमा  काम जारी रहदा पूनः बाढी आएर बनाएको संरचना भत्काउन थालेको तथा पूनः कटान कार्य गरिरहेको र मानव बस्ति उच्च जोखिममा रहेको खबर पाउन साथ मेयर साहले सो कटान प्रभावित क्षेत्रको शुक्रबार निरीक्षण गरेका हुन् । 

अवलोकनकै क्रममा मेयर साहले लालबकैयाले जारी राखेको कटान कार्यलाई रोक्न आफ्नो पालिकाको स्रोत साधन र बजेटले भ्याए अनुसारको काम गरेको जानकारी दिए । 

स्थानीयसंग कुरा गर्दै मेयर साहले भने, ‘बाढि र कटानले बस्ति उच्च जोखिममा छ , काम धेरै छ ।  हामीसंग स्रोत, साधनको अभाव र  कमी छ। तर, आत्तिनु पर्दैन ।’ समस्या सामाधानको लागि प्रदेश र संघ सरकार गम्भीर हुने आफ्नो विश्वास रहेको उनले बताए।

मेयर साहले नदि नियन्त्रणको मुख्य जिम्मेवारी नदि नियन्त्रण कार्यालय परवानीपुर, बारा र सिँचाई डिभिजन कार्यालय रौतहट, गौरको भएको भन्दै विपद्प्रति गम्भिर भई नगरपालिकालाई सघाउन आग्रह गरे।

मेयर साहले आगामी दिनमा बाढि प्रभावित टिकुलिया बाँधलाई थप मर्मत गर्ने ,बाँध वरीपरी वृक्षरोपण गर्ने , वैकल्पिक उपाय अपनाई नदिको धार परिवर्तन गर्ने  र बाढीले कृषकहरुको धानबाली तथा कृषि उत्पादनमा परेको क्षतिलाई मध्यनजर गर्दै कृषकहरुलाई समेत उचित राहतको व्यवस्थापन गर्न पहल गर्ने  प्रतिबद्धता जनाएका छन् ।