close

चीनले सार्वजनिक गरेको नयाँ नक्सामा सीमा मिचिएपछि बालेनद्वारा भ्रमण स्थगित

चीनले सार्वजनिक गरेको नयाँ नक्सामा सीमा मिचिएपछि बालेनद्वारा भ्रमण स्थगित

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले चीन भ्रमण स्थगन गरेका छन् । उनले सामाजिक सञ्जाल (फेसबुक)मा बिहीबार पोष्ट राख्दै आफूले चीनको निमन्त्रणमा हुन लागेको भ्रमणमा नजाने निर्णय गरेको बताएका हुन् । 

छिमेकी देश चीनले केहिदिनअघि आफ्नो नयाँ नक्सा सार्वजनिक गर्दा नेपालको चुच्चे नक्सा नराखी पुरानो नक्सा नै समेटेकाले उनले असन्तुष्टि जनाएका छन् । चीनको उक्त कदमले नेपालीको संवेदनशीलतामाथि ठेस पुर्याएको भन्दै उनले चीनको निमन्त्रणामा हुन लागेको पाँचदिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको जनाएका छन् ।

उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी नेपालले  २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौं । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ । नेपाली भू–भागलाई  चीनले  नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका  छौँ । त्यसैले आज मेरो चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’