close

अर्नमा गाउँपालिकाका वडाध्यक्षविरुद्ध बलात्कारको उजुरी

अर्नमा गाउँपालिकाका वडाध्यक्षविरुद्ध बलात्कारको उजुरी

Trulli
ADVERTISEMENT

सिरहा– सिरहाको अर्नमा गाउँपालिका–१ का वडाध्यक्ष गफार मियाँले बलात्कार गरेको भन्दै एक महिलाले जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दिएकी छन् ।

एक व्यवसायी महिलाले आफुलाई वडाध्यक्षले बलात्कार गरेको भन्दै  उजुरी गरेपछि वडाध्यक्षलाई पक्राउ गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

‘घटनाबारे जाहेरी आएको छ,’ जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शालिग्राम पौडेलले भने, ‘घटनाबारे अनुसन्धान जारी छ । अनुसन्धानपछि सबै कुरा बाहिर आउने छ ।’

आरोपबारे बुझ्न वडाध्यक्ष मियाँसँग गरेको पटक पटकको फोन प्रयास सफल हुन सकेन । शुक्रवार दिउसैबाट वडाध्यक्ष सम्पर्क विहीन छन् ।

वडा कार्यालयमा समेत नआएको कार्यालयका कर्मचारलिे जानकारी दिए ।  जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार फरार वडाध्यक्षको खोजी कार्य जारी छ ।