close

घरमै चाडपर्व मनाउन सिरहा प्रशासनको उर्दी

घरमै चाडपर्व मनाउन सिरहा प्रशासनको उर्दी

Trulli
ADVERTISEMENT

सिरहा - जिल्ला प्रशासन कार्यालय सिरहाले तिहार, छठ, कार्तिक शुक्ल पूर्णिमालगायतका चाडवाड घरमै मनाउन जिल्लाबासीलाई आग्रह गरेको छ ।


मेलापर्वमा हुने भीडभाडले कोरोना महामारी झनै सन्निकट आउने भन्दै जिल्ला प्रशासनले नागरिकलाई यस्तो आग्रह गरेको हो ।


प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलद्वारा हस्ताक्षरित सूचनामा तिहार र छठमा पटाका, विस्फोटक तथा प्रज्ज्वलनशील पदार्थ प्रयोगलाई निषेध गरिएको छ ।


दीपावलीमा दीप, लाइटर, सलाईजस्ता घुलनशील वस्तु बालबालिकाबाट टाढा राख्नसमेत अनुरोध गरिएको छ ।


यस्तै, चाडवाड अवधिभर मदिरा कारोबार र जुवातासमाथि प्रतिबन्ध लगाइएको छ । बालबालिकालाई सवारी चलाउन नदिइने र लाइसेन्स भएकाले समेत ट्राफिक नियम  पालन गरे÷नहेरेको चेकजाँच गर्न जिल्लाका सुरक्षा निकायहरूलाई निर्देशन दिइएको छ ।


यस्तै, मेलापर्वमा सर्वसाधारणलाई कुनै आपद् आइलागे नेपाल प्रहरीको पैसो नलाग्ने फोन ९८५२८७५५७५ मा सम्पर्क गर्न भनिएको छ ।