close

तिहारको मुखमा सामाजिक सुरक्षा भत्तासमेत पाएनन् जेष्ठ नागरिकले

तिहारको मुखमा सामाजिक सुरक्षा भत्तासमेत पाएनन् जेष्ठ नागरिकले

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक– बाह्रविसे नगरपालिकामा एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुदा कार्यालयको दैनिक कामकाजमा समस्या भएको छ ।  प्रमुख नहुदा सेवाग्राही समेत मर्कामा परेका छन् ।

 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र पौडेलको २ भदौमा सरुवा भएको थियो । पौडेलको सरुवा भएपछि उनको स्थानमा मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मा रमेश गौतम लाई दिएर पठाएको थियो । गौतमको पनि सरुवा भएपछि एक महिनादेखि नगरपालिका प्रमुख विहीन भएको छ ।


३ भदौ, २०७७ मा नगरपालिकामा सरुवा भएर गौतम आएपनि बिरामी भएकाले केही दिन मात्रै नगरपालिकामा बसेका थिए ।


दैनिक कार्यालयमा नआउने र सेवाग्राहीलाई समेत समस्या दिएपछि प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधि मनमुटाव सुरु भएको थियो । नगरपालिकामा काम गर्न नसकेपछि १६ असोजदेखि नै प्रमुख प्रशासकीय अधिकृत गौतम सरुवा भएर गएका थिए ।


गौतमले शिक्षा शाखामा कार्यरत अधिकृत कल्पना घिमिरेलाई तलब भत्ता समेत वितरण गर्ने गरी निमित्तको जिम्मेवारी दिएका थिए । घिमिरे पछि पुनः आर्थिक अधिकार कटौती गरी नगरपालिकाका अधिकृत सविन वाग्लेलाई जिम्मेवारी दिइएको नगरपालिकाले जानकारी दिएको छ ।

 

प्रमुख प्रशासकीय अधिकृत नहुँदा सामाजिक सुरक्षा भत्ता लगायतका काममा समस्या भएको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलमा आफै गएर प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गर्दा पनि मन्त्रालयले चासो नदिएको मेयर शेर्पाले गुनासो गरे ।

 

सभामुख मार्फत पनि हामीले प्रमुख प्रशासकीय अधिकृत नहुँदा जनता समस्यामा परेको गुनासो गरेका थियौं’, नगरप्रमुख शेर्पाले भने, ‘जति भनेपनि कुनै पनि निकायबाट चासो नै भएन ।’

 

बाढीपहिरोबाट समस्यामा परेका बाह्रविसे नगरपालिकामा पीडितहरुका लागि सामान्य सहयोग समेत गर्न नसकिएको नगर प्रमुख शेर्पाले बताए । ‘प्रमुख प्रशासकीय अधिकृतबाट गर्नुपर्ने कामको चाङ नै लागेको छ तर अधिकृत नै आउदैनन्,’ प्रमख शेर्पाले भने ।

 

निमित्तको भरमा प्रमुख प्रशासकीय अधिकृतले नगरपालिकाकोृ सामान्य काम मात्रै गर्ने गरिएको छ । आर्थिक अधिकार निमित्तलाई नहुँदा समस्या भएको उपप्रमुख सुशिला पाख्रिनले जानकारी दिइन् । चाडवाड सकिएकाले अब धमाधम विकासको काम गर्नुपर्ने भएपनि मन्त्रालयले कर्मचारी नपठाउदा समस्या भएको शेर्पाको भनाई छ ।

 

दशैै लगायतका चाडपर्वमा नगरपालिकाले गरेका कामको समेत भुक्तानी दिन नसकिएको शेर्पाले बताए । ‘हामीले गर्नुपर्ने सबै काम गरेका छौं तर आर्थिक अधिकार कर्मचारीसँग मात्रै हुने भएकाले आफुहरुले जनताको काम गर्न खोज्दा पनि नसकिएको मेयर शेर्पाको भनाई थियो ।

 

सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारयण अर्यालसँग कर्मचारी नपाठएको विषयमा सम्र्पक गर्न खोज्दा सम्र्पक हुन सकेन । प्रवत्ता बसन्त अधिकारी पनि सम्र्पकमा आउन चाहेनन् ।