close

गौरीगंगाले सुरु गर्‍यो किशोरी आत्मरक्षा तालिम

गौरीगंगाले सुरु गर्‍यो किशोरी आत्मरक्षा तालिम

Trulli
ADVERTISEMENT

कैलाली- कैलालीको गौरीगंगा नगरपालिकाले किशोरीहरूका लागि आत्मरक्षा तालिम संचालन गरेको छ ।


किशोरी तथा बालिकाहरू आफन्तबाटै यौनजन्य हिंसा तथा मानसिक दुर्व्यवहारको सिकार भइरहेको अवस्थामा त्यसको प्रतिकार गर्न नगरपालिकाले आत्मरक्षा तालिम संचालन गौरीगंगा नगर उपप्रमुख अञ्चला चौधरीले बताइन् ।


‘आत्मरक्षा तालिमले किशोरीहरूलाई शारीरिकसँगै मानसिक रूपमा समेत बलियो बनाउनेछ’, उपप्रमुख चौधरीले भनिन् ।
 

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत नगरपालिकाका विभिन्न ठाउँमा किशोरीहरूलाई आत्मरक्षा तालिम दिएको हो ।


महिला तथा किशोरीमाथि हुने हिंसाजन्य घटनामा कमी ल्याउने उद्देश्यले आत्मरक्षा तालिम संचालन गरिएको प्रशिक्षक प्रकाश चन्दले बताए ।


कार्यक्रममा सहभागी गौरीगंगा- ८ की पवन खत्रीले आत्मरक्षा तालिम निकै उपलब्धिमूलक रहेको बताइन् । ‘तालिमबाट आफ्नो सुरक्षा कसरी गर्न सकिन्छ भन्ने सिक्न पाइयो । यसले आत्मबल पनि बढेको छ’, उनले भनिन् ।


अर्की युवती सिर्जना चौधरी तालिममा सहभागी भएपछि आत्मरक्षाका धेरै तरिका सिकेको बताउँछिन् । उनी भन्छिन्, ‘यस्ता तालिमले समाजमा महिला तथा किशोरीमाथि हुने दुर्व्यवहार तथा यौनहिंसा न्यूनीकरणमा मद्दत पुग्छ ।’