close

मुस्ताङी जनतालाई चीनको उपहार

मुस्ताङी जनतालाई चीनको उपहार

Trulli
ADVERTISEMENT

मुस्ताङ– उत्तरी छिमेकी देश चीनले हिमाली जिल्ला मुस्ताङलाई तेश्रो पटक  कोरोना रोकथामका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतको ढुङ्वा काउन्टीले बीस हजार थान सर्जिकल माक्स, ५ हजार थान सर्जिकल ग्लोब्स र २ सय थान टेस्ट कीट जिल्ला स्वास्थ कार्यालय मुस्ताङलाई सहयोग गरेको स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टिकाराम भण्डारीले जानकारी दिए ।


चीनतर्फ मुस्ताङको उत्तरी कोरला नाकामा खटिएका डिएसपी निमा लगायतको सुरक्षाकर्मीको टोलीले जिल्ला स्वास्थ्य कार्यालयको टोलीलाई माक्स, ग्लोब्स र कीट  उपहार दिएको स्वास्थ प्रमुख भण्डारीले जानकारी दिए ।

चीनको ढुङ्वा काउन्टीले नेपालमा कोरोनाका कारण लकडाउनको अवधिमा यअसघि दुईपटक यसता सामग्री दिइसकेको छ ।


चीनबाट उपलब्ध स्वास्थ्य सामग्री ५ वटै स्थानीय तहका स्वास्थ्य चौकी, सुरक्षाकमी, विद्यालय, कर्मचारीलगायतलाई दिइनेछ ।  मुस्ताङी जनतालाई चीनले यसअघि खाद्यान्नसमेत दिएको थियो ।


चीनले उपल्लो मुस्ताङका किसानलाई सयौ थान घाँस काट्ने रिफर निःशुल्क सहयोग गरेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले बताए ।