close

अध्यक्ष कप फुटबल आयोजना गर्दै बागमती

अध्यक्ष कप फुटबल आयोजना गर्दै बागमती

Trulli
ADVERTISEMENT

ललितपुर- दक्षिण ललितपुरको बागमती गाउँपालिकाले आउँदो २५ देखि २९ पुससम्म ‘बागमती गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता- २०७७’ आयोजना गर्ने भएको छ ।

 

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नारासहित आयोजना हुने प्रतियोगिता प्युटारस्थित गाउँपालिकाले निर्माण गरेको खयरघारी खेलमैदानमा संचालन हुनेछ ।

 

युवालाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिए । उनले भने, ‘यसले गाउँपालिकामा रहेका खेलाडीको क्षमता विकासमा सहयोग पुर्‍याउनेछ ।’


प्रतियोगितामा प्रथम हुने समूहले पदक, प्रमाणपत्रसहित एक लाख, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि गाउँपालिकाले आठ लाख रुपैयाँ छुट्याएको उपाध्यक्ष रन्जना घिमिरेले बताइन् ।