close

धनकुटामा आगलागी : एकको मृत्यु, एक घरमा क्षती

धनकुटामा आगलागी : एकको मृत्यु, एक घरमा क्षती

Trulli
ADVERTISEMENT

धनकुटा- धनकुटा नगरपालिका वडा नम्बर ९ वेलहारामा आइतबार बिहान आगलागी हुँदा ८८ वर्षिया वृद्धाको मृत्यु भएको छ । घरमै आगो ताप्ने क्रममा स्थानीय भक्तकुमारी बरालको जलेर मृत्यु भएको धनुकटा प्रहरी कार्यालयका प्रहरी उपरिक्षक गोविन्द अधिकारीले जानकारी दिए । 

 

घरमा कोहि नभएको समयमा आफैँ आगो बालेर ताप्ने क्रममा वृद्धाको शरीरमा आगो सल्किएको बताइएको छ । स्थानीयले आइतबार बिहान ९ बजे मृत अवस्थामा फेला पारेका थिए । मृतकको शव जिल्ला अस्पताल धनकुटामा आइतबार नै पोष्टमार्टम गरिएको छ ।


यसैगरी धनकुटाको छथर जोरपाटी गाउँपालिका ५ शिवालय टोलमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । घरको चुल्होबाट सल्किएको आगोले स्थानीय अमरबहादुर लिम्बुको एक तले घर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी प्रमुख अधिकारीले जानकारी दिएका छन् । 

 

आगलागी पीडितलाई जिल्ला दैवि प्रकोप उद्धार समिति, गाउँपालिका र नेपाल रेडक्रस सोसाईटीले राहत सामाग्री वितरण गरेका छन् । पीडित परिवारलाई दैवि प्रकोप उद्धार समिति मार्पmत २० हजार आर्थिक सहयोग गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी दिए ।