close

प्रदेश माननीय एक्कासि मूर्छित भएपछि... (भिडियाेसहित)

प्रदेश माननीय एक्कासि मूर्छित भएपछि... (भिडियाेसहित)

ADVERTISEMENT

धनुषा- प्रदेश २ को प्रदेशसभाको तेस्रो वार्षिकोत्सव सुरु हुनासाथ १ जना महिला माननीय मूर्छित भएकी छन् । 


कार्यक्रम सञ्चालनकर्ता वार्षिकोत्सवमा आएका पाहुनालाई आसन ग्रहण गराउँदै थिए । त्यत्तिकैमा पन्डालभित्रै हल्लाखल्ला मच्चियो । पन्डालभित्र हेर्दा १ जना माननीय आफू बसेकै ठाउँमा ढलेकी रहिछन् ।

 

माननीय नै मूर्छित भएपछि वार्षिकोत्सव स्थल एकछिन स्तब्ध भयो । वार्षिकोत्सव अवसरमा आयोजित रक्तदान कार्यक्रममा सहभागी भएर रगत दिएकी प्रदेशसभा सदस्य किरण यादव मूर्छित भएको प्रदेश सभामुखका प्रेस सल्लाहकार प्रभाकरकुमार सिंहले जानकारी दिए ।


मूर्छित सभासद्लाई तत्काल छेउमै रहेको सभामुख सरोज यादवको सरकारी आवासमा लगिएको छ । 

 

हाल सांसद यादवको स्वास्थ्य अवस्था स्थिर रहेको प्रेस सल्लाहकार सिंहले बताए । वार्षिकोत्सव कार्यक्रम भने विधिवत् सञ्चालन गरिएको छ ।