close

आर्थिक सहायता नदिएको झाेँकमा बृन्दावनमा स्थानीयले लगाए ताला

आर्थिक सहायता नदिएको झाेँकमा बृन्दावनमा स्थानीयले लगाए ताला

Trulli
ADVERTISEMENT

रौतहट- रौतहटको बृन्दावन नगरपालिकामा पनि स्थानीयले तालाबन्दी गरेका छन् । आर्थिक सहायता रकम नदिएको भन्दै स्थानीयले बुधबार नगरपालिकामा तालाबन्दी गरेका हुन् ।

 

तालाबन्दी गरिएपछि नगरपालिकाका २० जना कर्मचारी ३ घन्टादेखि थुनिएका छन् । प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र राय यादव र लेखापाल सीताराम पालले पटक-पटक बोलाए पनि सहयोग रकम नदिएको आरोप स्थानीयको आरोप छ ।

 

निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले आर्थिक सहायता रकम भन्नेबित्तिकै दिन कानुनी हिसाबमा नमिल्ने बताए । ‘कार्यपालिकाको निर्णयपछि निवेदन हेरेर र निश्चित मापदण्ड पूरा गरेर सहायता रकम दिने हो । रकम नपाएको भनेर विरोध र होहल्ला गर्नुको कुनै तुक छैन,’ उनले भने ।

 

पहिला पनि निवेदन दिएका १/२ सयलाई सहयोगस्वरूप राहत रकम उपलब्ध गराइएको उनले बताए । २–४ दिन पर्खिन र कार्यपालिका बैठकपछि बोलाउने बताए पनि अकस्मात कार्यालयमा जम्मा भएर तालाबन्दी गरिनु अनुचित रहेको अधिकृत यादवको दाबी छ ।