close

मुसीकोट नगरको आठौँ नगरसभा सम्पन्न

मुसीकोट नगरको आठौँ नगरसभा सम्पन्न

Trulli
ADVERTISEMENT

गुल्मी(मुसीकोट)- गुल्मीको मुसीकोट नगरपालिको आठौँ नगरसभा आँपचौर प्राविधिक शिक्षालय सभालमा सम्पन्न भएको छ ।


कृषि, पर्यटन, पूर्वाधार र रोजगार : समृद्ध मुसीकोट नगरपालिका नारासहित आठौँ नगरसभा सम्पन्न भएको हो ।

 

हिउँदे अधिवेशन मानिने नगरसभाले नगरसभाले मुसीकोट नगरपालिकाको आव २०७७/७८ को वार्षिक बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव, विधायन समिति संयोजक नरेशराज खरेलले प्रस्तुत गरेको नगरको स्थानीय वन ऐन, २०७७, सभा सदस्य  नारायण सापकोटाले प्रस्तुत गरेको नगरको अर्थसम्बन्धी प्रस्तावलगायत पारित गरेको छ ।

 

नगरसभाबाट नगरपालिका बहुउद्देश्यीय सभाहल नगरपालिकाको वडा नम्बर वडा नम्बर ४ ग्वादी चौरमा निर्माण गर्ने सहमति गरेको छ ।