close

सरकारी सम्पत्तिमा वडाध्यक्षको रजाइँ !

सरकारी सम्पत्तिमा वडाध्यक्षको रजाइँ !

Trulli
ADVERTISEMENT

रौतहट– रौतहटको मौलापुर नगरपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष उपेन्द्र जयसवालले सरकारी सम्पत्ति बेच्ने प्रयास गरेको पाइएको छ ।

 

आइतबार इलाका प्रहरी कार्यालय मौलापुरको टोलीले वडाध्यक्ष जयसवालको घरमा छापा मारी गरी ११ थान कल बरामद गरेपछि घटना बाहिर आएको हो ।

 
गैरकानुनी तबरले घरमा राखिएका ती कल वडाध्यक्षले बेच्ने प्रयोजनले राखेको खुल्न आएको छ । गत आर्थिक वर्षमै किनिएको सो कल अहिलेसम्म घरमै राखेको सूचना पाएपछि छापा मारिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । प्रजिअ यादवले विस्तृत जानकारी आएपछि मात्रै बाँकी प्रक्रिया अगाडि बढ्ने बताए ।

 

‘वडा नम्बर ६ का लागि भनेर मौलापुर नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा घरमा जडान  गर्न १५ थान कल किनेको थियो । त्यसमध्ये सोही वडाका वडाध्यक्षले ४ वटा कल मात्र जडान गरेका थिए भने बाँकी ११ वटा बाँकी राखेका थिए । त्यही आर्थिक वर्षमा जडान गरिसक्नुपर्ने हो,’ एक स्थानीयले भने, ‘तर, वडाध्यक्षले आफैं बेच्न राखेको देखियो ।’