close

रौतहटको बौधीमाईका वडाध्यक्ष कुशवाहा पक्राउ 

रौतहटको बौधीमाईका वडाध्यक्ष कुशवाहा पक्राउ 

Trulli
ADVERTISEMENT

रौतहट- रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष पक्राउ परेका छन् । पशु तस्करलाई सघाउँदै प्रहरीमाथि आक्रमण गर्न लगाएको आरोपमा वडाध्यक्ष विजय कुशवाहालाई रौतहट प्रहरीले शुक्रबार दिउँसो नियन्त्रणमा लिएको हो ।


सशस्त्र प्रहरीको बीओपी बंकुलमा स्थानीयलाई उचालेर आक्रमण गरी तस्करबाट बरामद पशु चौपायालाई भगाउन सघाउ पुर्‍याएको अभियोगमा जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए । 


सशस्त्र प्रहरीले भारतबाट नेपाल प्रवेश गरेका भैँसीपाडालाई गत १० माघमा बरामद गरेर बीओपीमा राखेको थियो । नियन्त्रणमा रहेको भैँसीपाडालाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय पठाउनुअघि स्थानीयलाई उचालेर बीओपीमा आक्रमण गराएर भैँसी भगाएको तथा स्थानीयको आक्रमणबाट बीओपीमा क्षति पुगेपछि शान्ति-सुरक्षामा खलल पुर्‍याएको आरोपमा उनलाई पक्राउ पुर्जी जारी गरिएको थियो ।


पक्राउ पुर्जी जारी भएपछि वडाध्यक्ष कुशवाहा लुक्दै आए पनि शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएइ पनि आवश्यक अनुसन्धानपछि कार्यालय खुलेकै दिनमा उपस्थित हुने सर्तमा वडा नम्बर ६ का वडाध्यक्षको जिम्मामा कुशवाहालाई छाडिएको उपरीक्षक शाहले जानकारी दिए ।