close

मुसीकोट नगरमा छानिए उत्कृष्ट १० उद्यमी

मुसीकोट नगरमा छानिए उत्कृष्ट १० उद्यमी

Trulli
ADVERTISEMENT

मुसीकोट(गुल्मी)- गुल्मीको मुसीकोट नगरपालिका र दायित्व सहकार्यमा सञ्चालित नगरप्रमुख दायित्व ग्रामीण उद्यम द्रुतीकरण कार्यक्रम २०७६/७७ अन्तर्गत उत्कृष्ट २० उद्यमीबाट स्थलगत अनुगमन तथा मूल्यांकन र व्यावसायिकताको आधारमा १० उत्कृष्ट उद्यमी छानिएका छन् । उद्यमी छनोट गर्न निर्णायक मण्डलको सहयोग लिइएको हो ।

 

मुसीकोट नगरपालिकाअन्तर्गत कृषि, पशुपालन र पर्यटन क्षेत्रमा उद्यम गरिरहेका कुल १ सय २५ उद्यमीबाट विभिन्न प्रक्रियामा छनोट पार गर्दै १० जना उत्कृष्ट उद्यमीमा पर्न सफल भएका हुन् ।

 

कार्यक्रममा नगरपालिकाको आर्थिक विकास समिति तथा वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश काफ्लेले उत्कृष्ट १० मा पर्न सफल उद्यमीलाई बधाइ दिए । उद्यमी पहिचानसँगै नगरपालिकाका लागि काम गर्न उनले आग्रह गरे ।


प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले कृषि र पशुपालन क्षेत्रमा काम गर्ने उद्यमीले स्वरोजगारसँगै नगरपालिकाको कृषि, पर्यटन र रोजगारका क्षेत्रमा सहयोग पर्‍याउने आशा व्यक्त गरे । 

 

नगरपालिकाले कृषि र पशुपालन क्षेत्रमा काम गर्ने उद्यमीलाई विभिन्न किसिमका सहयोग पुर्‍याउँदै आएको मुसीकोट नगर उपप्रमुख कमला शर्माले जानकारी दिइन् ।

 

नगरपालिकाले कृषि औजारमा ५० प्रतिशत अनुदान, विभिन्न सीपमूलक तालिम, सहुलियतपूर्ण ब्याज दरमा ऋण प्रवाहलगायत कार्य सञ्चालन गरिरहेको उनको भनाइ छ ।


उत्कृष्ट १० उद्यमीले आफ्नो व्यवसाय द्रुतीकरणका निम्ति ५० हजार रुपैयाँका दरले सहयोग प्रदान गर्नेछ । अब उत्कृष्ट १० उद्यमीमध्येबाट २ जना प्रथम र दोस्रो उद्यमी छनोट गरिनेछ ।


दायित्व परियोजना व्यवस्थापक निरञ्जन पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा प्रशासन शाखा प्रमुख प्रकाश घिमिरे, पशु सेवा शाखा प्रमुख महेन्द्रराज पन्थी, कृषि प्राविधिक टोपबहादुर ओलीलगायत उपस्थित थिए ।