close

मेलम्चीको सुरुङमा हालियो पानी

मेलम्चीको सुरुङमा हालियो पानी

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक- मेलम्ची खानेपानीको सुरुङमा पानी भरेर परीक्षण गरिएको खानेपानीको साढे २६ किलोमिटर सुरुङमा सोमबार आयोजनास्थलमै पानी भरेर परीक्षण गरिएको हो

 

खानेपानी मन्त्रालय मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेपछि परीक्षण सुरु गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको

 

समितिका प्रवक्ता राजेन्द्र पन्तका अनुसार खानेपानीमन्त्री मणि थापा, युवा तथा खेलकुदमन्त्री दावा तामाङ, विघटित प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङलगायतको उपस्थितिमा सुरुङमा पानी हालेर परीक्षण गरिएको हो

 

यसअघि गत असारमा पानी हालेर सुरुङको परीक्षण गरिएको थियो असारमा हेलम्बु गाउँपालिका वडा नम्बर स्थित अम्बाथानको अडिटको मुख्य गेट फुटेर फर्किएको पानीले आयोजनाका एक इन्जिनियर चालकलाई बगाएको थियो त्यतिबेला फुटेको गेट नम्बर १७ को मर्मत सकिएपछि पुनः परीक्षणका लागि पानी हालिएको हो

 

आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत जना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायत संरचनाको पुनः जाँच गरेको थियो । विशेषज्ञको सुझावलाई समावेश गरी पुनः परीक्षणका लागि सुरुङ तयार भएको हो

 

परीक्षणका क्रममा हेलिकोप्टरलाई तयारी अवस्थामा राखिएको थियो त्रुटिका कारण पहिलाजस्तो सम्भावित दुर्घटनाको हुन सक्ने सतर्कता अपनाई सुरुङमा पानी हालिएको आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीले बताए  सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ