close

मुसिकोटको स्थापना दिवस सम्पन्न 

Trulli
ADVERTISEMENT

 

गुल्मी- गुल्मीको मुसिकोट नगरपालिकाको चौथो स्थापना दिवस सम्पन्न गरेको छ । 


स्थापना दिवसको अवसरमा  प्रभातफेरि, मुसिकोट नगरपालिका भित्रका माबि स्तरीय वक्तृत्वकला प्रतियोगिताका साथै नगरपालिका कर्मचारीबीच मैत्रीपुर्ण भलिबल प्रतियोगिता पनि आयोजना गरिएको छ । 

 

नगरपालिका स्थापन भएको दिन पारेर यी कार्यक्रम आयोजना गरिएको प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले जानकारी दिए । 


कार्यक्रम बोल्दै नगर प्रमुख सोमनाथ सापकोटाले बिगतको कार्यको समीक्षासँगै आगामी योजनाको बारेमा बताए । वक्तृत्वकला  प्रतियोगितामा नगरभित्रका ९ बिद्यालयको सहभागिता थियो ।