close

मुसीकोट नगरपालिकाले मनायो अन्तर्राष्ट्रिय महिला दिवस

मुसीकोट नगरपालिकाले मनायो अन्तर्राष्ट्रिय महिला दिवस

Trulli
ADVERTISEMENT

गुल्मी(मुसीकोट)- गुल्मीको मुसीकोट नगरपालिकाले १११‌आ‍ैँ अन्तर्राष्ट्रिय महिला दिवस वामीटक्सारस्थित रुद्रावती बहुमुखी क्याम्पसमा मनाएको छ ।


कार्यक्रममा मुसीकोट नगरपालिकाका कानुनी सल्लाहकार अनन्तलाल भण्डारीले शुभकामना व्यक्त गर्दै महिला अधिकारलाई गाउँतहमै पुर्‍याउनुपर्नेमा जोड दिए ।


नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले नगरभित्रका महिलाको अधिकारका लागि शिक्षा, स्वास्थ्यमा जोड दिइँदै आएको बताए । महिला सशक्तीकरणका क्षेत्रमा नगरपालिकाले विविध कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ ।


नगरपालिकाकी उपप्रमुख कमला शर्माले आफूहरू जनप्रतिनिधि भएर आएपछि महिला अधिकार क्षेत्रमा काम गरिरहेको र न्यायिक समितिको संयोजकसमेत रहेकाले विशेष ध्यान दिँदै आएको सुनाइन् ।
 

कार्यक्रममा सहकारीका तर्फबाट निर्मला केसी र यमुना घिमिरेले महिला अधिकारबारे बोले ।


कार्यक्रम संयोजक सीता भुसालको सञ्चालनमा भएको कार्यक्रममा योजना अधिकृत मुना ज्ञवालीले महिला अधिकारबारे प्रकाश पारिन् ।


नगरपालिकाभित्रका सरकारी स्कुल, विभिन्न संघ-संस्थाबाट आएका महिलाको सहभागिता रहेको संयोजक भुसालले जानकारी दिइन् ।


कार्यक्रममा सहभागीको तर्फबाट महिला अधिकारसम्बन्धी गीत, गजल, कविता र महेन्द्र आदर्श नमुना माविका शिक्षिका तथा विद्यार्थीबाट नाटक, सांस्कृतिक नाचसमेत प्रस्तुत गरिएको थियो ।