close

चुनावी प्रत्यासीलाई सुकुम्बासी आयोगमा सिफारिस

चुनावी प्रत्यासीलाई सुकुम्बासी आयोगमा सिफारिस

Trulli
ADVERTISEMENT

चितवन/माडी- चितवनको माडी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले आफ्ना चुनावी प्रत्यासीलाई सुकुम्बासी समस्या समाधान आयोगमा बस्न सिफारिस गरेका छन् ।

 

वडाध्यक्ष पौडेलले गत स्थानीय निर्वाचनमा माडीको वडा नम्बर १ बाट वडाध्यक्षमै चुनावी प्रतिस्पर्धा गरेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार क्रमशः सीता तिमिल्सिना र लेखबहादुर गुरुङलाई माडी नगरस्तरीय सुकुम्बासी समस्या समाधान आयोगमा वडा नम्बर १ बाट सिफारिस गरेका हुन् । 

 

वडाअध्यक्ष पौडेलले आफूले राजनीतिक संस्कारसहितको व्यवहार गर्दै सबै पार्र्टीका क्षमतावान व्यक्तिलाई अवसर प्रदान गर्ने उद्देश्यले वडाबाट नगरस्तरीय आयोगमा सिफारिस गरेको बताए । स्थानीय स्तरको विकासमा राजनीतिक पार्र्टीभन्दा सक्षम व्यक्ति उपयुक्त हुने उनको भनाइ छ ।