close

मध्यवर्ती क्षेत्रका खोलानाला उत्खनन बन्द

मध्यवर्ती क्षेत्रका खोलानाला उत्खनन बन्द

Trulli
ADVERTISEMENT

चितवन/माडी- चितवन राष्ट्रिय निकुञ्जले गैंडा गणनाका लागि माडीको मध्यवर्ती क्षेत्रमा खोलानाला उत्खनन बन्द गराएको छ । गैँडा गणनामा असर पुग्ने बताउँदै निकुञ्जले माडी क्षेत्रमा उत्खनन बन्द गराएको हो ।

 

आउँदो ९ चैतबाट सुरु हुन लागेको गैँडा गणनाका क्रममा ५ चैतदेखि अर्को सूचना जारी नहुन्जेल मगोई, रीउ, राप्ती, नारायणीलगायत मध्यवर्ती क्षेत्रका खोला बन्द गरिएका हुन् ।

 

यो निर्णयसँगै निकुञ्जको कसरा, बगही माडी, सौराहा र अमलटारी गरी ४ वटै सेक्टर कार्यालयले खोलामा भइरहेको नदीजन्य पदार्थको उत्खनन वा संकलनमा रोक लगाएका छन् ।

 

निकुञ्जको यो निर्णयबाट माडीसँगै मध्यवर्ती क्षेत्रमा जारी विकास निर्माण प्रभावित हुने भएका छन् ।

 

माडी नगरपालिकाले उपभोक्ता समिति र अन्य प्रक्रियाबाट सञ्चालनमा रहेका सबै आयोजना र कार्यक्रम समयमै पूरा गर्न निर्देशन दिए पनि ढुंगा, गिटी, बालुवालगायत निर्माण सामग्री अभाव हुने देखिएको हो ।