close

काठमाडौं महानगरको १३७ सदस्यीय टोली माडीको अयोध्या क्षेत्र अवलोकनमा 

काठमाडौं महानगरको १३७ सदस्यीय टोली माडीको अयोध्या क्षेत्र अवलोकनमा 

Trulli
ADVERTISEMENT

चितवन/माडी- काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उप-प्रमुख हरिप्रभा खड्कीले माडी अयोध्या क्षेत्रको अवलोकन भ्रमण गरेका छन् ।

 

नगरप्रमुख शाक्य, उपप्रमुख खड्की र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली तथा महानगरका वडाध्यक्ष, वडा सदस्यहरू सम्मिलित १३७ सदस्यीय टोलीले अयोध्या क्षेत्रको अवलोकन भ्रमण गरेको हो । 

 

टोलीले रामधान निर्माण स्थलको अवलोकन गर्नुका साथै रामधाम निर्माणमा भए–गरेका कामबारे चासो व्यक्त गरेको थियो ।


महानगरको भ्रमण टोलीलाई माडीको वडा नम्बर ९ का वडाध्यक्ष शिवहरि सुवेदी, वडा नम्बर ६ का वडाध्यक्ष भरतबहादुर गुरुङ, एमाले नेता रेशमलाल आचार्य र रामेश्वर चौधरी तथा स्थानीय शिक्षक रामु भण्डारीलगायतले स्वागत गरेका थिए ।

 

काठमाडौं महानगरको टोलीलाई धाम निर्माणमा भएका काम र प्रक्रियाबारे जानकारी गराइएको थियो । माडीको वडा नम्बर ९ स्थित साविकको कृष्णनगर पार्कमा धाम निर्माण प्रक्रिया अगाडि बढेको छ ।