close

खेल मैदान बनाउँदै माडीको लौगाई गाउँ

खेल मैदान बनाउँदै माडीको लौगाई गाउँ

Trulli
ADVERTISEMENT

चितवन/माडी- चितवनको माडी नगरपालिका वडा नम्बर २ को वडा कार्यालयले लौगाई गाउँस्थित मगोई नदी किनारको ४ बिघा जमिनमा खेल मैदान बनाउने भएको छ ।

 

माडी ठोरी हुलाकी सडकसँग जोडिएको र स्थानीय कृषकले खेती गरिरहेको जमिनमै वडा कार्यालयले खेल मैदान निर्माण गर्न लागेको हो । 

 

सो स्थानमा १९१ मिटर लम्बाइ र १५५ मिटरसम्म चौडाइ रहेको घोलसहितको जमिन रहेकोमा त्यसलाई स्तरोन्नति गरी फुटबल चौर, त्यसभित्रै ८ लेनको दौडने ट्रयाक र आवश्यकताअनुसार भलिबल एवं क्रिकेटसमेत खेल्न मिल्ने चौर बनाउन लागिएको वडाध्यक्ष ईश्वरीप्रसाद ढकालले बताए ।

 

खेल मैदान निर्माणका लागि वडाले १ लाख रुपैयाँ बजेट छुट्याएको छ भने नगरपालिकासँग सोही शीर्षकमा छुट्टै २० लाखको बजेट छ । तर, खेल मैदान निर्माण स्थलमा खेती गर्दै आएका कृषक र जग्गाधनीले असन्तुष्टि जनाएपछि वडा कार्यालयले उनीहरूलाई १ देखि २ कठ्ठासम्म ८ नम्बर पर्ति जमिन सट्टाभर्ना दिने आश्वासन दिएको छ ।