close

संखुवासभामा प्रदेश १ स्तरीय मेयर गोल्डकप हुँदै 

संखुवासभामा प्रदेश १ स्तरीय मेयर गोल्डकप हुँदै 

Trulli
ADVERTISEMENT

संखुवासभा– संखुवासभाको चैनपुरमा प्रदेश १ स्तरीय चैनपुर मेयर गोल्डकप खुला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । चैनपुर नगरपालिकाको आयोजनामा आगामी ११ वैशाखदेखि तेस्रो चैनपुर मेयर गोल्डकप खुला पुरुष फुटबल प्रतियोगिता हुने भएको हो ।

 

चैनपुर नगरपालिकाले पत्रकार सम्मेलन गरी प्रदेश १ स्तरीय खुला फुटबल प्रतियोगिता सञ्चालन गर्ने जानकारी गराएको हो । खेलकुदको माध्यमबाट आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको चैनपुर नगरपालिका प्रमुख भरतकुमार खत्रीले बताए । 

 

मेयर गोल्डकप फुटबल प्रतियोगिता ११ देखि १८ वैशाखसम्म चैनपुर रंगशालामा सञ्चालन हुनेछ । यो प्रतियोगिता जिल्लाकै ठूलो धनराशिको हो । प्रतियोगितामा प्रदेश १ का १४ वटै जिल्लाका खेलाडीले सहभागिता जनाउने आयोजकले बताएको छ । 

 

प्रतियोगिताका प्रथम हुने टोलीले नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय हुनेले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ, सिल्ड, मेडल एवं प्रमाणपत्र र तृतीय अनि सान्त्वना हुनेले समानान्तर नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । 

 

उत्कृष्ट खेलाडीलाई नगद १५ हजार, सर्वाधिक गोलकर्तालाई १० हजार, उत्कृष्ट गोलरक्षकलाई १० हजार र प्रत्येक खेलका म्यान अफ द म्याचलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।