close

संस्थागत क्षमता स्वमूल्यांकनमा माडी नगर पहिलो

संस्थागत क्षमता स्वमूल्यांकनमा माडी नगर पहिलो

Trulli
ADVERTISEMENT

 

चितवन– स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन परीक्षणमा माडी नगरपालिकाले ‘फस्र्ट डिभिजन’ ल्याएको छ । 

 

बागमती प्रदेशभित्रका स्थानीय तहबाट सुरु भएको संस्थागत क्षमता स्वमूल्यांकन परीक्षणमा माडी नगरपालिकाले ६२.७५ अंक हासिल गरेको हो । 

 

१०० पूर्णांकको सो परीक्षणमा स्थानीय तहको शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय गरी १० वटा विषयका कुल १०० वटा सूचक रहेका हुन्छन् ।

 

यसमध्ये हरेक सूचकमा ० देखि १ अंक पाउने प्रावधानअन्तर्गत माडी नगरपालिकाले ६२.७५ अंक हासिल गरेको छ ।

 

माडी नगरले पारित गर्‍यो ५ कार्यविधि


 चितवनको माडी नगरपालिका कार्यपालिका बैठकले विभिन्न ५ वटा कार्यविधि पारित गरेको छ । कार्यपालिकाले पारित गरेका कार्यविधिमा क्रसर तथा हेभी इक्विपमेन्ट सञ्चालन, स्वयंसेवक शिक्षक व्यवस्थापन, नगर प्रहरी गठन तथा परिचालन, पशु गर्भाधान सुत्केरी भत्ता र एम्बुलेन्स सञ्चालन रहेका छन् ।

 

त्यसैगरी बैठकले ४ इन्च बोरिङको मझौला सिँचाइ सुविधा पाउने लाभग्राही कृषक समूहको छनोट तथा माडीको चिरौली चोकदेखि एकता स्तम्भसम्म कालोपत्रे बाटो निर्माणको ठेक्का अनुमोदन गरेको छ ।

 

त्यस्तै, माडी क्याम्पसमा स्नातक तहको परीक्षा केन्द्र सञ्चालनका निम्ति बजेट व्यवस्थापन, भूमिसम्बन्धी समस्या समाधान आयोगमा सिफारिसको शुल्क निर्धारण र संस्था दर्ता कार्यविधिको संशोधनलगायत विषयमा छलफल गरिएको नगर कार्यपालिका प्रवक्ता शिवहरि सुवेदीले जानकारी दिए ।